नेपालले एसिया कप खेल्ने

Cricket groundकाठमाडौँ, २९ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।

आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि एसिया कपका लागि छनोट भएको हो ।

विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपाल दोस्रो भएका कारण आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने एसियाली क्रिकेट कपमा छनोट भएको हो । उक्त प्रतियोगितामा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँगै आयोजक थाइल्यान्डले सोझै प्रवेश पाएका छन् ।

यस्तै थाइल्यान्डले आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगितामा १० अङ्कसहित एसियाली छनौटको पहिलो स्थान प्राप्त गर्दै श्रीलङ्कामा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ ।

यसअघि आज सम्पन्न प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनायो । छयासी रनको विजयी लक्ष्य नेपालले १७.३ ओभरमा प्राप्त गरेको थियो ।

नेपालका लागि नेरी थापाले २२, सीता रानामगरले २० र कप्तान रुबिना क्षेत्रीले अविजित १३ रन बनाएका थिए । प्रतियोगितामा चीनसँग नेपालको यो दोहरो जित हो । यसअघि पहिलो खेलमा पनि नेपालले चीनलाई २० रनले हराएको थियो ।

प्रतियोगिताअन्तर्गत नेपाल पहिलो खेलमा अयोेजक हङकङसँग तथा दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । तेस्रो र चौथो खेलमा नेपालले क्रमशः चीन र हङकङलाई पराजित गरेको थियो । पाँचौँ खेलमा भने थाइल्यान्डसँग पराजित भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter