चितवनकी तुलसालार्ई अन्तर्राष्ट्रिय पुरस्कार

wwsfरत्ननगर (चितवन), २९ असोज । ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै चितवनकी तुलसा ज्ञवालीलाई आज ‘अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

आज परेको ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँलाई आज राजधानीको कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा सुधा शर्माले ‘डब्लुडब्लुएसएफ अवार्ड’ प्रदान गर्नुभएको हो ।

स्विजरल्यान्डको ओमन्स वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) ले प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपाल नामक संस्थामार्फत चितवनकी ज्ञवालीलाई आज उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्डको राशि एक हजार डलर अर्थात् रु एक लाख छ हजार रहेको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन ज्ञवालीले सफल प्रयोग गरेर देखाउनुभएको छ ।

उहाँले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गर्नुभएको छ । अहिले यहाँका गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ ।

पुनः प्रयोग गर्न मिल्ने फोहर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरुबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन् । उहाँ अहिले गाउँगाउँमा यो सीप सिकाउँदै हिँड्नुहुन्छ ।

प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य महिलालाई समेत पुरस्कारले प्रेरणा मिलेको बताउनुभयो ।

फाउन्डेसनले उक्त अवार्ड मुक्त कमैयाको क्षेत्रमा काम गर्ने निर्मलादेवी चौधरीलाई समेत अवार्डका लागि छनोट गरेको छ ।

नेपालका दुई महिलासहित यो वर्ष विभिन्न देशका गरी नौजनालाई उक्त पुरस्कारका लागि फाउन्डेसनले छनोट गरेको थियो ।

ग्रामीण जीवनमा सिर्जनशीलतामा लागेर नयाँ अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो अवार्ड दिइन्छ । सन् १९९४ मा स्थापना भएको उक्त अवार्डबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

तुलसाका श्रीमान् कपिल ज्ञवालीले पुरस्कारले गाउँमा महिलालाई उत्प्रेरणा जगाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter