आतङ्कवाद र अतिवादी सोच बिम्स्टेक मुलुकका साझा चुनौतीः प्रम दाहाल

Prachandaकृष्ण अधिकारी / गोवा (भारत), ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आतङ्कवाद र अतिवादी सोच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकको साझा चुनौती रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।

भारतको गोवामा चलिरहेको बिम्स्टेक बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतङ्कवाद र अतिवादको कुनै पनि स्वरुपलाई क्षमा गर्न नसकिने धारणा राख्नुभयो ।

बिम्स्टेक देशको एकताले डेढ अर्ब जनसङ्ख्याबीच आर्थिक विकासमा गतिशील ‘इञ्जिन’को काम गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि गहकिलो सहकार्य गरेर पूर्ण क्षमताको वृद्धि र विकासको लक्ष्य प्राप्त गर्न बिम्स्टेक उत्तम मञ्च हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले बिम्स्टेक सदस्य राष्ट्रबीचको ‘कनेक्टिभिटी’लाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भूपरिवेष्ठित मुलुकका लागि पूर्वाधार सञ्जाललाई बिर्सन नहुने बताउनुभयो । उहाँले यस क्षेत्रका सबै जनताका लागि ऊर्जा सहयोग तथा ऊर्जा सुरक्षातर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै यस क्षेत्रका विविध ऊर्जाका स्रोतलाई प्रयोगमा ल्याइनुपर्नेमा जोड दिनुभयो । नेपालले विशाल नवीकरणीय ऊर्जाका लागि जलस्रोत प्रस्ताव गरेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।

व्यापार, लगानी तथा अन्य आर्थिक मुद्दामा तत्काल सहकार्य गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले सदस्य राष्ट्रबीच मुख्य विषयमा गहन एकता अपरिहार्य भएको धारणा राख्नुभयो ।

उहाँले वस्तु तथा सेवा व्यापार एवम् भन्सारलगायत विषयमा ठोस सम्झौताका लागि गतिशील वार्ताको आवश्यकता छ भन्नुभयो । प्रधानमन्त्री दाहालले विकासको प्रतिफल र अवसरलाई सबै सदस्य राष्ट्रले आदानप्रदान गर्नेगरी सुनिश्चित गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

कृषिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपालले यस क्षेत्रमा गरिबी न्यूनीकरणमा ठोस प्रगति हासिल गरेको छ ।” उहाँले बिम्स्टेक बुद्धिष्ट सर्किट र बिम्स्टेकका सम्पदास्थलको स्थापनाले नागरिक–नागरिकबीचको सम्बन्ध र पर्यटनलाई प्रोत्साहन गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले बिम्स्टेक देशहरु संस्कृति, इतिहास र भूगोलले जोडिएको यो समानताले एक आपसमा सहयोगको उत्प्रेरणालाई बलियो बनाउन थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रविधि र मानव संशाधन विकास उत्तिकै संवेदनशील भएको बताउँदै प्रधानमन्त्री दाहालले यो क्षेत्र चुनौतीबाट मुक्त नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले बहुसङ्ख्यक समस्याको निरन्तर सामना गर्नुपरेको छ ।”

विद्यमान नसर्ने रोग, महामारी, खाद्य असुरक्षा, जलवायु परिवर्तन, प्रकृतिको विनास जस्ता साझा समस्याले यस क्षेत्रको विकास यात्रामा ठूलो अवरोध सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट उक्त समस्याका समाधान गरिनेछ भन्नुभयो ।

बिम्स्टेकको विगत दुई दशकको यात्राले महत्वपूर्ण उपलब्धि हासिल गरेतापनि यो सन्तोषजनक नभएको बताउँदै उहाँले आपसी एकतालाई मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रका समस्यासँग जुध्नका लागि स्पष्टरुपमा २० वर्षीय अवधारणा आवश्यक रहेको बताउँदै त्यसका लागि यथार्थमा आधारित कार्ययोजना बनाउनुपर्नेमा उहाँको जोड थियो ।

सन् २०३० सम्मका लागि तयार गरिएको दिगो विकासको लक्ष्य प्राप्त गर्न उच्चस्तरको संयन्त्र आवश्यक भएको भन्दै त्यसका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले थाइल्याण्डका नरेश भूमिबोल अदूल्यादेजको निधनप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter