सन्दर्भ गरिबी निवारण दिवसः घुम्टोभित्रका महिला खेतीपातीबाट आम्दानी गर्दै

Vegetable farming Nepalधनवीर महतो / महोत्तरी, १ कात्तिक । घुम्टोमा बसी अरुको सहारामा बस्ने मधेसी समुदायका महिलाका लागि महोत्तरी लक्ष्मीनियाँका महिलाले खेतीपातीबाट मनग्य आम्दानी गरी उदाहरणीय काम गरेका छन् ।

लक्ष्मीनियाँ–७ र ९ नं वडाका दर्जनौँ महिला ‘हिमजुली तरकारी समिति’ नामक समूहमा आबद्ध भई प्रतिमहिना हजाराँै रुपैयाँँ आम्दानी गर्न सफल भएका हुन् ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित लक्ष्मीनियाँ गाविस–७ र ९ का दर्जनौँ महिलाले खेतीपातीसम्बन्धी हरेक कामकाज आफँैले गर्दै आएका छन् । पछिल्लो समयमा सो समिति गठन भएसँगै उनीहरु तरकारी खेतीबाट मासिक रु १० हजार देखि १५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।

विसं २०७२ को अन्त्यतिर युकेएआइडी तथा एडिआरयुके नामक संस्थाको आर्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको सहयोगमा एकजना अध्यक्षबाहेक सम्पूर्ण सदस्य महिलालाई सहभागी गराई २२ सदस्यीय हिमजुली तरकारी समिति गठन गरेका थिए । उनीहरु त्यस समूहमा आबद्ध भई आफ्नै खेतमा विभिन्न किसिमका बेमौसमी तथा मौसमी तरकारी बाली लगाएर वर्षभरि नै घरको कामकाजसँगै तरकारी खेतीबाट मगन्य आम्दानी गर्न सफल भएका हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले उनीहरु श्रीमान् कामविशेषले बाहिर रहेको समयमा उनीहरु स्वयम् दिनरात मेहनत गरी बेमौसमी तथा मौसमी तरकारी खेती गर्दै आएका छन् । सातदिने सामूहिकरुपमा तालिम लिएका उनीहरुले मासिक रुपमा रु एक सयका दरले रकम जम्मा गर्दै वचत गर्ने बानी पनि बसालेका छन् ।

समयानुकूल आफूहरु घरको हरेक काम गरी बालबच्चालाई विद्यालय पठाएपछि उनीहरु दिनभरि टन्टलापुर घाममा तरकारी संरक्षण तथा उत्पादन भएको तरकारीलाई बजार व्यवस्थापन कार्यमा व्यस्त हुने गरेको समितिका सदस्य मञ्जुदेवी महतोले बताइन् । स्थानीयस्तरमा सुलभ रुपमा सिँचाइ, विद्युत् तथा बजारको अभावमै तरकारी खेतीबाट मासिक रुपमा रु १० हजार देखि १५ हजारसम्म आम्दानी गर्दै आएका मञ्जुले बताइन् ।

स्थानीय एक संस्थाले दिएको सातदिने तालिममा सामूहिक रुपमा पाइएको ज्ञानको आधारबाहेक कृषिसम्बन्धी कहीँकतैबाट तालिम लिन नपाएको समितिका सचिव सुनिताकुमारी महतोले जानकारी दिइन् । समितिमा आबद्ध सदस्यले मासिक रुपमा रु एक सयका दरले कोषमा रकम जम्मा गर्दै आएको सो समितिको कोषमा हाल रु पाँच हजार ५०० रकम बचत गर्न सफल भएको समितिकी कोषाध्यक्ष रामतोलन देवीले बताइन् ।

यस समितिलाई सहयोग गर्नका लागि आफूले विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट सहयोग नभेटृाएको समितिका अध्यक्ष रामचन्द्र कुशवाहाले बताउनुभयो ।

यस क्षेत्रमा सिँचाइको अभाव हुनुका साथै उचित बजार व्यवस्थापन हुन नसकेकाले आफूहरुलाई तरकारी खेती लगाउन तथा उत्पादन भएको तरकारी बिक्री गर्न कठिनाइ भएको अध्यक्ष कुशवाहाले जानकारी गराउनुभयो । खानेपानीका लागि धौ धौ पर्ने सो क्षेत्रमा तरकारीको बीउबिजन जोगाउनका लागि टाउकोमा पानी बोकेर खेतसम्म पु¥याउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ रहेको छ ।

हिमजुली तरकारी समितिले प्रशंसनीय कार्य रहेको उल्लेख गर्दै कृषि सेवा केन्द्र गौशालाका अधिकृत सूर्यनारायण साहले कृषि समूह गठन गरी विभिन्न किसिमका कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पुरानो तरिकाबाट तरकारी खेती गर्ने सो समितिलाई वैज्ञानिक तवरले तरकारी खेती गर्नका लागि आवश्यक पर्ने सीपमुलक तालिमका लागि गाविसको कार्यालय लक्ष्मीनियाँले यथासम्भव केही दिनमै कृषिसम्बन्धी तालिम ल्याउने गाविस सचिव मृगेन्द्र यादवले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter