चैतमा स्थानीय तहको निर्वाचन हुन्छ : राज्यमन्त्री जवेगु

Electionझापा, २ कात्तिक । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आउँदो चैतभित्र नै स्थानीय तहको निर्वाचन गरिर्ने जानकारी गराएका छन् । दमक नगरपालिकामा मंगलबार आयोजित सम्मान कार्यक्रममा राज्यमन्त्री जवेगुले संवैधानिक सङ्कट आउन नदिन पनि चैतभित्र नै स्थानीय तहको निर्वाचन हुने बताए । उनले निर्वाचनका लागि सबै दलसँग छलफल भइरहेको र सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिए । स्थानीय तह सीमा तथा सङ्ख्या निर्धारण गर्न आयोगले दिएको प्रतिवेदनका आधारमा सङ्ख्या निर्धारणलाई टुङ्गो लगाइने उनको भनाइ थियो ।

यसैबीच राज्यमन्त्री जवेगुले दमक नगरपालिकासहित दमकमा निर्माणाधीन विभिन्न विकासे योजना, नगरपालिकाद्वारा सञ्चालित ल्यान्ड फिल, दमक –५ मा निर्माण हुन लागेको विश्वको अग्लो बुद्धको मूर्तिको स्थलगत निरीक्षणसमेत गरेका छन् । राज्यमन्त्री जवेगुलाई दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ती योजनाबारे भइरहेको कामका बारेमा जानकारी गराए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter