लोकमानका नाममा म्याद तामेल; म्याद तामेल नगर्ने कर्मचारीलाई १५ दिन जेल, एक हजार जरिवाना

Lokmanकाठमाडौं, २ कात्तिक । अख्यितार प्रमुख लोकमानसिंह कार्कीको नाममा धेरै पटकको प्रयास पछि मंगलबार म्याद तामेल भएको छ ।

सर्वोच्चका प्रवत्ता नहकुल सुवेदीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति विवाद पुनरावलोकन हुन भन्दै अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल भएको जनाकारी गराएका हुन ।

सोमबार बिहान बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई त्यहाँ उपस्थित करिब १ दर्जन युवाहरूको समूहले म्याद टाँस्न नदिएपछि सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका थिए । म्याद टाँस्न असफल भएपछि उनीहरु वडासचिवको सहयोग लिन वडा कार्यालय गएका थिए ।

अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै आदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोक गर्ने सर्वोच्चको निर्णय पछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँसिएको हो ।

पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की आफ्नो पूर्वनिर्धारित क्यानडा गएका थिए । सरकारी भ्रमण सकिएपछि उनी विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बसिरहेका छन् ।

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा विभिन्न बाहनाबाजी बनाएर म्याद तामेल नगरी फर्किएका तीन कर्मचारीलाई कारबाही गर्ने भएको छ । सर्वोच्चले तामेलदार शम्भुबहादुर खत्रीसहित तीन कर्मचारीमाथि कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

तामेलदार खत्रीले बहानाबाजी गरेर म्याद तामेल नगरेको आशंका गर्दै अदालतले स्पष्टीकरण मागेको छ । सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा कारबाही गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० की अधिकृत सरिता राई र खरीदार भेषराज अर्यालसमेत कारबाहीको दायरामा परेका छन् । उनीहरु दोषी ठहरिए मुलुकी ऐनको १ सय ११ बमोजिम १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना हुनेछ ।

अधिकृत राई र खरिदार अर्यालले म्याद तामेलीमा असहयोग गरेको अदालतको ठहर छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्पष्टीकरण सोध्ने आदेश दिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter