हरितारा चलचित्र पुरस्कार करिश्मालाई

karismaकाठमाडौं, ३ कात्तिक ।अभिनेत्री करिश्मा मान्नधर, सञ्चारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ हरितारा चलचित्र पुरस्कारबाट सम्मानित हुने भएका छन् । हरितारा चलचित्र पुरस्कार निर्णायक समितिको सोमबारको बैठकले ०७१ सालको पुरस्कार करिश्मालाई र ०७२ को पुरस्कार शान्तिप्रिय र सुन्दरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार समितिका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अढाइ दशकदेखि फिल्म अभिनयमा सक्रिय करिश्मालाई उनको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागिएको हो । त्यसैगरी चलचित्र पत्रकारिता र अवार्ड आयोजनाको क्षेत्रमा शान्तिप्रिय र डिजाइनिङको क्षेत्रमा सुन्दर श्रेष्ठले पु(याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

जनही २५ हजार रुपैयाँ नगदको पुरस्कार ०५२ मा समाजसेवी विजय राणाले स्थापना गरेका हुन् । यसपालिको पुरस्कार मंसिर दोस्रो साता राजधानीमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ । साथै सोही कार्यक्रममा यसै वर्ष स्थापना गरिएको नगद १० हजार राशिको श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ ।

यसपालिको पुरस्कार विगत तीन दशकदेखि अभिनयमा निरन्तर रहेका अभिनेता, निर्देशक सुभाष गजुरेललाई प्रदान गरिने आयोजक परिवर्तन नेपालले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter