द्विपक्षीय परियोजना कार्यान्वयन गर्ने सहमति

Nepal and India flagकाठमाडौँ, ११ कात्तिक । नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् ।

भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय चौथो बैठकले दुवै मुलुकबीच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाबारेमा बृहत् समीक्षा गरी सातबुँदे सहमति गरेको छ । आज सम्पन्न बैठकले सन् २०१४ मा भारत सरकारले उपलब्ध गराएको सहुलियत ऋणमा आधारित महाकाली पुल र सडक तथा सिँचाइ परियोजना कार्यान्वयनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहमति गरेको छ ।

दुवै मुलुकबीच हुलाकी सडकको पहिलो चरणको निर्माण सम्पन्न गर्ने कार्यलाई दु्रत गतिमा अघि बढाइने र दोस्रो चरणको निर्माणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै द्विदेशीय अन्तर रेल्वे सेवा परियोजना विराटनगर–जोगबनी र बर्दिवास–विजलपुरा–जयनगर तथा नेपालगन्ज–नेपालगन्ज सडक, काँकडभिट्टा–नयाँ जलपाइगुडी र भैरहवा–नौतनहवा रेल्वे जोड्ने सडक परियोजना अघि बढाइने सहमति भएको छ । सम्पन्न हुँदै गरेको वीरगन्ज र विराटनगर एकीकृत जाँचचौकीलाई सम्पन्न गर्न र हेटाँैडा पोलिटेक्निक कलेजलाई अगाडि बढाउने विषयमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतका परराष्ट्र मामिला राज्यमन्त्री एमजे अकबरले अध्यक्षता गरेको बैठकमा भूकम्पपछिको पुनःनिर्माणलाई भारतले उपलब्ध गराउन लागेको ऋण र अनुदानलाई परिचालन गर्न योजनालाई अन्तिम रुप दिने सहमति भएको छ । बैठकमा नेपाल–भारत सम्बन्धका पाँच क्षेत्र राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र पूर्वाधार, व्यापार र पारवाहन, ऊर्जा र जलस्रोत तथा शिक्षा र संस्कृतिमा समीक्षा गरिएको थियो ।

बैठकमा नेपालले पर्यटन प्रवद्र्धन तथा सन् २०१४ मा भएको ऊर्जा व्यापार सम्झौताको खुला बजार प्रावधान कार्यान्वयन गर्न आग्रह गरेको थियो । नेपालले महाकाली नदीमा निर्माण गर्न प्रस्ताव गरेका तीन पुल सिर्सा, झुलाघाट र दार्चुलाका सम्बन्धमा भारत सरकारले विस्तृत जानकारी सहित प्रस्ताव पठाउन सुझाव दिएको मन्त्रालयले जनाएको छ ।

दोधारा–चाँदनी–खटीमा जोड्ने र धनगढी–गौरीफन्टा भन्सार नाका स्थापना तथा विस्तारका सम्बन्धमा संयुक्त टोलीले स्थलगत अध्ययन गरी अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको पाँचाँै बैठक सहमतिका आधार मिति तय गरी नेपालमा गर्ने सहमति भएको छ । बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारी समेत रहनुभएको थियो । मन्त्री डा महत शुक्रबार स्वदेश फर्किनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter