दुर्गममा स्वास्थ्य चौकी र विद्यालय भवन बने

File Photo

गोरखा, १७ कात्तिक । चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी चेया अस्ट्रियाको आर्थिक सहयोगमा चेया नेपालले भवन निर्माण गरिदिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले बताउनुभयो । ती भवन हालै हस्तान्तरण भएका हुन् । स्वास्थ्यचौकी भवन निर्माणमा रु ४५ लाख लगानी भएको चेया नेपालकी सृष्टि सिलवालले जानकारी दिनुभयो ।

त्यस्तै, विद्यालय भवन भने रु ३३ लाखमा निर्माण सम्पन्न भएको हो । पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार भवन निर्माण गरिएका छन् । बाटो अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

चेया नेपालले स्वास्थ्यचौकीमा दुईजना स्वास्थ्यकर्मी राखिदिएको छ । बुद्ध प्राविमा ५० जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालय निर्माणपछि टहरोमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter