सुत्केरी व्यथाले थला परेकी आइतमायाको हेलिकप्टरबाट उद्धार

helicopterगोरखा, १७ कात्तिक । तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताउनुभयो ।

आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । “रु एक लाख ३० हजार भाडा तिरेर हेलिकप्टर भाडामा लिएका हौँ,” गुरुङले भन्नुभयो – “छरछिमेक, आफन्तले पैसा जुटाएका हुन् ।” आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।

स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौैँ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भए पनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।

दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टरमार्फत सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter