रु ८५ लाखको लागतमा वृद्धाश्रम निर्माण

elderly people Nepalपाल्पा, १९ कात्तिक । कालीगण्डकीको राधा दामोदर आरोग्य आश्रम, साँखर, केलादीधाममा वृद्धाश्रम निर्माण गरिएको छ ।

नेपाल सरकारको रु ६३ लाख र अन्य स्थानीय, विभिन्न सङ्घसंस्थाको सहयोग र महायज्ञ सञ्चालन गर्दा सङ्कलित रकमसहित रु २२ लाख गरी जम्मा रु ८५ लाखको लागतमा वृद्धाश्रम निर्माण गरिएको वृद्धाश्रमका सचिव लेखनाथ बस्ताकोटीले बताउनुभयो ।

दुईतले २० कोठाको सो वृद्धाश्रममा ५० जना जति वृद्धवृद्धा अट्ने क्षमता रहेको छ । हाल यहाँ पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी र कास्कीका गरी ३५ जना वृद्धवृद्धा रहेका छन् ।

नेपालकै केन्द्रीय पीठ रहेकाले घरपरिवारबाट अपहेलित भएका, बेसहारा, आफन्त कोही नभएका वृद्धवृद्धा मात्र नभई भजनकीर्तनका लागि अन्य भक्तजन पनि वृद्धाश्रममा पहिलेदेखि नै बसोबास गर्दै आइरहेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter