पर्यटक लोभ्याउँदै चम्पादेवी डाँडा

champadevi-hillकाठमाडौँ, १९ कात्तिक । पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।

हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् । डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । उपत्यकाको महत्वपूर्ण पदमार्ग चम्पादेवीमा खासगरी बिदाको दिन धेरै आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

दृश्यावलोकनका लागि कात्तिक र मङ्सिर उपयुक्त समय भएकाले स्वदेशी तथा विदेशी पर्यटक बढेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो ।

पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य भएकाले यो मौसममा बढी चहलपहल बाक्लिएको उहाँले बताउनुभयो ।

यता भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण भएपछि चम्पादेवीको आकर्षण बढेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुरातत्व विभागको रु आठ लाख सहयोगमा पुनःनिर्माण गरिएको हो ।

मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ ।

यसैबीच धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माणको पहिलो चरणको काम सम्पन्न गरिएको छ ।

सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको करिब ६० लाख रुपैयाँको सहयोगमा उक्त पार्क सिमेन्टको पक्की पर्खालले घेरिएको अध्यक्ष जनक तामाङले बताउनुभयो । ५० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कको दोस्रो चरणको काम छठलगत्तै सुरु हुने उहाँले बताउनुभयो ।

सहरी विकास मन्त्रालय भवन निर्माणको रु ३० करोड लागतमा सात वर्षभित्र निर्माण सकिने र त्यसका लागि अहिले गुरुयोजना बनाइँदै गरेको समितिले जनाएको छ ।

उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुनेछन् ।

पुरातात्विक मन्दिरको पुनःनिर्माण, चम्पादेवी पार्क तथा रमणीय दृश्यावलोकनको आकर्षण आन्तरिक पर्यटक बढेको कीर्तिपुर पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter