मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

Dhaulagiri Mountainधनगढी, २० कात्तिक । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।

नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।

अभियानको समर्थन गर्दै शुक्रवार यहां आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ताक्षर गर्नु भयो ।

बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताउनु भयो ।

हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

दिल्लीवाट धनगढी,डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवर सम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter