अन्तर्राष्ट्रिय ‘याक अट्याक’ साइकल दौड सुरु

yak-attackलमजुङ, २० कात्तिक । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौड प्रतियोगिताको दसौँ संस्करण आज यहाँ सुरु भएको छ ।

बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीअन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१६’ साइकल दौड प्रतियोगिता आजबाट बेसिसहरबाट सुरु भएको हो ।

समुन्द्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता सुरु भएको हो । १२ दिनसम्म हुने प्रतियोगितामा बीचमा दुई दिन आराम गरिनेछ ।

प्रतियोगितामा नेपालसहित १४ देशका प्रतियोगी सहभागी छन् । प्रतियोगितामा अमेरिका, बेलायत, सिङ्गापुर, जापान, हङ्गेरी, फ्रान्स, अस्ट्रेलिया, अस्ट्रिया, न्युजिल्याण्ड, पोर्चुगल, मलेसिया, क्यानाडा र डेनमार्कका गरी ३९ जना प्रतियोगी सहभागी रहेका छन् ।

अघिल्ला वर्षहरुमा आयोजना गरीएका प्रतियोगितामा नेपाली युवा अजय पण्डित पाँच पटकसम्म लगातार विजेता बनेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले एक हजार २५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले ७५० डलर र तेस्रोले ५०० डलर पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो दिन जिल्लाभित्रै ३२ किलोमिटर दुरीमा प्रतियोगिता गराइएको छ । सदरमुकाम बेसीसहरबाट सुरु भएर चण्डीडाँडा, बाग्लुङपानी, घलेगाउँ फेदी हुँदै भलाम, सिम्पानी, खुदी भएर बेसीसहर आएर टुङ्गिएको छ ।

आइतबार भने प्रतियोगीहरु मनाङको सदरमुकाम चामे पुग्नेछन् । १० दिनको प्रतियोगितामा सबैभन्दा कम समयमा पुरै दौड जित्नेले मात्रै उपाधि हात पार्नेछन् ।

प्रतियोगिताको लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको माउन्टेन बाइकिङ वल्र्ड वाइडका निर्देशक फिल इभान्सले बताउनुभयो ।

प्रतियोगिताबाट नेपालको पर्यटन प्रर्वद्धनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter