पहाडको सुन्तला बुटवल आइपुग्यो

Orangesभरत केसी / बुटवल, २१ कात्तिक । आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ ।

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो ।

कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिद÷बिक्री सुरु भए पनि सो केन्द्रले तिहारलगत्तै औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।

केन्द्रका अध्यक्ष कलाधर पन्थीले अहिले दैनिक ३० देखि ३५ क्विन्टलसम्म सुन्तला केन्द्रमा भित्रिएको जानकारी दिनुभयो ।

“गत वर्षको तुलनामा सुन्तला राम्रो उत्पादन भएको पाइयो”, अध्यक्ष पन्थीले भन्नुभयो – “चार महिने यो छोटो मौसममा केन्द्रबाट रु ३५ करोडसम्मको कारोबार हुने लक्ष्य छ ।” बजारमा अहिले सुन्तलाको थोक मूल्य प्रति किलोको रु ३५ देखि रु ४० सम्म रहेको उहाँले जानकारी दिनुभयो ।

बजारमा सुन्तलाको खुद्रा मूल्य भने रु १०० देखि रु १२० सम्म छ । गत वर्ष करिब ३०० मेट्रिक टन सुन्तला बुटवल झरेकामा केन्द्रबाट मात्र रु ३० करोडको सुन्तलाको कारोबार भएको थियो । अहिले उत्पादन बढेर रु ३५ करोडसम्म पुग्ने केन्द्रको अनुमान छ ।

सो केन्द्रमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट सुन्तला भित्रिने गर्छ । बुटवलमा मात्र अहिले दैनिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेको छ ।

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट तराईका २२ जिल्लासँगै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर महेन्द्रनगरसम्म सुन्तला पुग्ने गरेको छ । बुटवल बजारमा हुने सुन्तलाको व्यापारमध्ये झन्डै ८० प्रतिशत सुन्तला स्याङ्जाबाट आउने गर्दछ । बुटवलमा नेपाली सुन्तला झरेपछि भारतीय सुन्तला विस्थापित भएको छ । तर नेपाली सुन्तलाको बजार सकिएपछि (माघपछि) पुनः भारतीय सुन्तला नेपालमा भित्रिने गर्छ । भारतबाट यहाँ प्रत्येक वर्ष रु ५० करोडसम्मको सुन्तला आउने केन्द्रले जनाएको छ ।

अहिले रुपन्देही बजारका चोक चोकमा हरेक ठेलामा सुन्तलाको व्यापार सुरु भएको छ । “जाडो मौसम भए पनि ग्राहकको मुख्य रोजाइ भनेको सुन्तला नै हुन्छ”, बसपार्कमा ठेलामा फलफूलको व्यापार गर्दै आएका तोयानाथ खनालले भन्नुभयो – “जाडो बढ्दै पनि कारोबार दोब्बर हुँदै जान्छ ।” रुपन्देहीको मुख्य बजार बुटवल र भैरहवाका विभिन्न चोकमा सञ्चालनमा रहेका ठेला व्यापारीले पनि अन्य फलफूलको तुलनामा आफूहरुले मौसमका बेला सुन्तला नै बढी बेच्ने गरेको बताए ।

कृषकले भने वर्षेनी सुन्तला बिक्रीबाट आफूहरुले मूल्य पाउन नसकेको किसानले गुनासो गर्दै आएका छन् । किसानबाट प्रतिकेजी रु ३० मा खरिद गर्ने र रु ६० सम्ममा विक्री गरेर बीचमा बिचौलियाले खाने गरेको गुनासो आएको अध्यक्ष पन्थीको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter