निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

Health Ministryकाठमाडौँ, २१ कात्तिक । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न निर्देशन दिएको हो ।

स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन भनी पत्र पठाएको छ ।

सरकारले उपलब्ध गराउने निःशुल्क औषधिकाबारेमा जानकारी नहँुदा सर्वसाधारण ठगिने गरेको गुनासो बढ्दै गएको छ । धेरै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महङ्गो मूल्यमा औषधि किन्नुपरेको थियो ।

के–के औषधि निःशुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचनाबोर्ड राख्नुपर्ने व्यवस्था गर्न लागिएको र नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter