अस्ताउँदो सूर्यलाई अर्र्घ चढाइयो; विशिष्ठ व्यक्तिद्वारा छठ पूजा

File Photo

जनकपुरधाम, २१ कात्तिक । आस्थाको महापर्व छठअन्तर्गत आज तेस्रो दिन व्रतालुले यहाँ अस्ताउँदो सूर्यलाई अर्र्घ अर्पण गरी पूजाअर्चना गरेका छन् ।

यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजा, रत्नसागर, महाराजसागर, विषहर, मुरलीसर, अग्निकुण्डलगायतका पोखरीमा अर्घ सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् ।

अर्र्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु्, मेवा, मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । आजको दिनलाई मूल दिन पनि भनिन्छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ । सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ ।

वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । छठ पर्वमा सूर्यलाई ‘छठिमाइ’ का रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

विशिष्ठ व्यक्तिद्वारा छठ पूजा

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले राजधानीका विभिन्न स्थानमा छठ पूजाका लागि सजाइएका नदी र तलाउमा पुगेर पूजाअर्चना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले आज गौरीघाटस्थित वाग्मती नदी र कमलपोखरीमा पुगी त्यहाँ स्थापना गरिएको छठको प्रतीमामा पूजा गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । त्यस्तै उपराष्ट्रपति पुनले पनि सूर्यको आराधना गरी मनाइने यस पर्वका अवसरमा आजै कमलपोखरी पुगी छठको प्रतीमा र तलाउमा पूजाअर्चना गर्नुभयो ।

केही वर्षदेखि राजधानीका विभिन्न स्थानका नदी र तलाउमा दुलही झंै सिङ्गारी छठ हर्षोल्लासपूर्वक मनाउने क्रम बढ्दै गएको छ । यस वर्ष पनि श्रद्धालुले पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन् ।

आजै प्रधानमन्त्री दाहालले गौरीघाटस्थित वाग्मती नदी, रानीपोखरी र कमलपोखरीमा पुगी निर्माण गरिएको छठको प्रतीमामा पूजा गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । आस्थाको पर्व छठअन्तर्गत आज तेस्रो दिन राजधानीका विभिन्न स्थानमा हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्र्र्घ अर्पण गरी पूजाअर्चना गरेका छन् ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।

तलाउ कुण्डमा सरसफाइ गरी बत्तीको झिलीमिली गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter