‘मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ’

cow-shedपोखरा, २२ कात्तिक । मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गर्नु भएको गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ । उहाँले दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ ।

‘खैरेनी कृषि फार्म’ दर्ता गरी विगत सात वर्षदेखि यस व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ । उहाँले अहिले १३ वटा उन्नत जातका गाई पाल्नुभएको छ । यस व्यवसायमा उहाँका दम्पति दिनरात खट्छन् ।

गाईपालन व्यवसायबाटै उहाँले थप जमिन पनि किन्नाका साथै रु २० लाख खर्चेर नयाँ पक्की घरसमेत बनाउनुभएको छ ।

“सबै विदेश गएर पैसा कमाउने गरेका छन् तपाईं किन जानु भएन नि” भनी सोध्दा आफ्नै देशमा मेहनत गरेर प्रशस्त कमाउन सकिँदोरहेछ किन विदेश जानुप¥यो भन्ने उहाँको जवाफ थियो ।

“एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएको खबर सुनेपछि तुरुन्तै फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ” – उहाँको भनाइ थियो ।

त्यही व्यवसायबाट तीन वटा छोरालाई निजी विद्यालयमा पढाएका उहाँका ठूलो छोराले स्नातकोत्तर, अर्कोेले बिएस्सी र कान्छो छोरो ९ कक्षामा पढ्दै छ ।

कास्कीको सिल्दुजुरे गाउँमा जन्मुनभएका पौडेल आपूm मुख र मुठी मात्र लिएर यो ठाउँमा आएको र छोटै समयमा यत्तिको प्रगति गर्न पाएकामा सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा पनि लिनुभएको छ ।

सबै छोरालाई स्नातकोत्तरसम्मको उच्च शिक्षा दिने र उनीहरु सरकारी जागिरमा लागेर आत्मनिर्भर नबनेसम्म आपूm यस पेसामा निरन्तर लाग्ने उहाँको अठोट छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter