डायलसिस निःशुल्क गर्न निर्देशन

dialysisकाठमाडौँ, २२ कात्तिक । सरकारले मिर्गौलाका लागि सम्पूर्ण डायलाइसिस(रक्तशुद्धीकरण) निःशुल्क गर्ने निर्णयको कार्यान्वयन गर्न सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।

यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकामा अबदेखि जति पटक डायलाइसिस गर्नुपरे पनि निःशुल्क हुने भएको छ । स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाले आवश्यकतानुसारको डायलाइसिस निःशुल्क गर्न सम्बन्धित अस्पताललाई परिपत्र गरेको छ ।

प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आवको नीति तथा कार्यक्रम र मन्त्रालयबाट सम्पूर्ण डायलाइसिस निःशुल्क गर्ने निर्णय गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा ‘निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ’ भनिएको छ ।

नेपालमा अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित ३२ अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था रहेको छ । तीमध्ये चार अञ्चल अस्पताल छन् भने बाँकी अञ्चल अस्पतालमा मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । प्रत्येक अञ्चल अस्पताललाई दुई डायलाइसिस यन्त्र किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइसकेको छ । छ महिनाभित्र सबै अञ्चल अस्पतालमा सेवा गर्ने तयारी मन्त्रालयको छ ।

बिरामीले मिर्गौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । डायलाइसिस गर्दा हरेक पटक रु दुई हजार पाँच सय लाग्ने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter