कम्प्युटरले दृष्टिविहीनलाई आत्मनिर्भर बनाउँदै

computersगोपाल प्रसाद पोखरेल / मोरङ, २३ कात्तिक । दृष्टिविहीन रहनुभएका मोरङको उर्लाबारीका बालकुमार तामाङलाई कम्प्युटर चलाउन सक्छु भन्ने विश्वास थिएन ।

उहाँ आफैँले केही वर्षअघि कम्प्युटर सिक्ने इच्छा त राख्नुभयो, तर दृष्टिविहीनलाई सिकाउने व्यवस्था नहुँदा उहाँको इच्छा अधुरै रह्यो । तर, मोरङको राजघाटस्थित ग्रामीण अपाङ्ग सेवा सङ्घले एक्काइसौँ शताब्दीमा कम्प्युटरसँग खेल्ने उहाँको इच्छालाई साकार बनाइदियो ।

यस्तै, दृष्टिविहीन नै रहेका सुनसरी चिमडीका देवनारायण रौनियारलाई पनि कम्प्युटर चलाउने औधि चाहना थियो । चिमडीकै एक विद्यालयमा अध्यापन गराउँदै आउनुभएका उहाँ सङ्घबाट कम्प्युटर तालिमसँगै हाल कम्प्युटरका काम सजिलै गर्न माहिर हुनुहुन्छ । सबै भाषामा टाइप गर्ने र नेटका सबै काम गर्नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “म त अब स्कुलमा विद्यार्थीलाई कम्प्युटर पढाउन पनि सक्छु जस्तो अनुभूति भएको छ ।”

तामाङ र रौनियारजस्तै सङ्घबाट निःशुल्क कम्प्युटर तालिम लिइरहेका पूजा शर्मा, युवराज निरौला, विपीन अधिकारी, मञ्जु दनुवारलगायत दुई दर्जन दृष्टिविहीनले कम्प्युटरबाट आत्मनिर्भर बन्न तालिम लिन व्यस्त छन् ।

ग्रामीण अपाङ्ग सेवा सङ्घ, राजघाटका अध्यक्ष जीवनाथ खतिवडाका अनुसार अपाङ्गताका कारण हीनताबोधमा बाँचिरहेका दृष्टिविहीनलाई आत्मनिर्भर बनाउने उद्देश्यले सङ्घले छ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको हो ।

गत असारदेखि आयोजना भएको सो तालिममा दुई दर्जन दृष्टिविहीन व्यक्तिले तालिम लिइरहेका छन् । तालिमको प्रशिक्षण पनि खतिवडा आफैँले गरिरहनु भएको छ । खतिवडा दृष्टिवाचक सफ्टवेयरसम्बन्धी मोरङ जिल्लाकै एक मात्र अनुभवी एवम् दक्ष व्यक्ति हुनुहुन्छ ।

उहाँका अनुसार दृष्टिविहीनले कम्प्युटर चलाउँदा दृष्टिवाचक सफ्टवेयर (जज) को सहायताले कम्प्युटर चलाउनु हुन्छ । जजले निर्देशन गरेको आधारमा किबोर्ड मात्र प्रयोग गरी कम्प्युटरका सबैखाले काम गर्न सकिन्छ ।

आँखा देख्ने व्यक्तिले भन्दा पनि शुद्ध र छिटो गरी नेपाली र अङ्ग्रेजी दुवै भाषामा टाइप गर्ने, नेट–इन्टरनेट तथा फेसबुक चलाउने जस्ता कार्य सहजै गर्न सकिने तालिममा सहभागी देवनारायण रौनियारको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter