बन्दी बालकका लागि लक्जम्बर्गर्सले बनाइदिए गृह

Prisonझापा / २३ कात्तिक । शनिअर्जुन–९ सालबारीमा रु २० लाखको लागतमा निर्माण भएको बन्दीबाल गृह सञ्चालनमा आएको छ ।

लग्जेम्वर्गर्स पावेल र मिसेलले सो बालगृह रु २० लाखको लागतमा बनाएर बन्दी सहायता नेपाललाई आज हस्तान्तरण गरेका हुन् । बालगृह निर्माणका लागि बन्दी सहायता नेपालले दुई कट्ठा जग्गा खरिद गरेको तथा स्थानीय समाजसेवी हस्तबहादुर परिवारले आधा कट्ठा जमिन संस्थालाई दान गरेका थिए ।

पावेल र मिसेलले सोही जग्गामा चारकोठे बालगृह निर्माण गरिदिएका हुन्, जसमा १२ बन्दी बालक बस्न सक्ने क्षमता रहेको बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगत्बहादुर तामाङले जानकारी दिनुभयो ।

बन्दी सहायता नेपालका संस्थापक इन्दिरा राना मगरले नमुना बस्ती बनाउने उद्देश्य अनुरुप बालगृह निर्माण गरिएको बताउनुभयो । पावेलले यस्तै प्रकृतिका बालगृह पाल्पा र काठमाडौँको साँखुमा समेत निर्माण गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter