तेस्रो राष्ट्रिय मत्स्य महोत्सव, घाम तापौँ माछा खाऔँ

fishकाठमाडौँ, २३ कात्तिक । मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ्य रहौँ’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन गइरहेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका लागि निःशुल्क खाजा कक्ष, परिकार, माछा खाना, उपत्यकाभित्र र बाहिरकाका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था हुने जानकारी दिनुभयो ।

नेपाली माछापालनको उत्पादकत्व वृद्धको खोजी गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ६० वटा कक्ष रहनेछन् ।

मत्स्य महोत्सवमा पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई जनही रु ५० हजार, रु ४०, रु ३० र रु २० हजार उपलब्ध गराइने छ । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । माछाको लागि बजार प्रचुर सम्भावना छ । आव २०७२÷७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादनकार्य भइरहेको छ ।

सङ्घका महासचिव जोगेन्द्र महत्तोका अनुसार भारतबाट झन्डै ७० प्रतिशत माछाको आयात भएको छ । आव २०७२÷७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला, तथा तालमा २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको थियो ।

सङ्घले भारतबाट बर्सेनि ५४ हजारदेखि ६० हजार मेट्रिक टनसम्म माछा आयात हुने गरेको जनाएको छ । यस वर्ष गत वर्षको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको छ । गत वर्ष ११ हजार १८६ मेट्रिक टन माछा आयात भएकोमा आव २०७२÷७३ को असार मसान्तसम्ममा सात हजार ८८२ मेट्रिक टन माछा उत्पादन भएको छ ।

आव २०७२÷७३ असार मसान्तसम्म ९ हजार ९३४ हेक्टर जलाशयमा व्यावसायिक माछा उत्पादन भएको छ । माछा उत्पादन कार्यका लागि ३५ हजार किसान आवद्ध भएको बताइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter