पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर

unesco-logoकाठमाडौँ, २४ कात्तिक । नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा कार्यरत करिब आधासँग नियुक्ति र करार सम्झौतापत्र नहुनुले पेसागत अवस्था नाजुक भएको पुष्टि गरेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार अनियमित तलब, खस्कँदो कार्य सम्पादन क्षमता तथा जनस्तरमा पत्रकारप्रतिको घट्दो विश्वसनीयताजस्ता कारण अनुसन्धानले खुट्याएको अध्ययनकर्ता डा निर्मलमणि अधिकारीले जानकारी दिनुभयो ।

पत्रकारको सुरक्षाको मुद्दा राष्ट्रिय सरोकारको विषय भए पनि त्यसको संरक्षणका लागि व्यावहारिक काम गर्न नसकेको प्रतिवेदनले प्रष्ट गरेको भन्दै त्यसप्रति ध्यान दिनुपर्ने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीको भनाइ छ । उहाँले कानुनको शासन नभएसम्म नागरिक सुरक्षित हुन नसक्ने भन्दै राज्य संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारले पत्रकारिता गरेकै कारण असुरक्षित हुन परेको हो कि अन्य कुनै काम गर्दा पत्रकार असुरक्षित भएको हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकारको असुरक्षा हुनुको मुख्य कारण पत्रकार र पत्रकारितासँग सम्बन्धित कानुनको कार्यान्वयन नहुनु नै भएको धारणा राख्नु भयो ।

सूचना विभागका महानिर्देशक रघुराम विष्टले पत्रकारले आफू असुरक्षित हुनुका कारण पत्ता लगाएर त्यसको समाधान गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता मर्मलाई विश्वसनीय बनाउनका लागि आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले दण्डहीनता संस्थागत भएका कारण पत्रकारको पेसागत सुरक्षा कमजोर भएको धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter