राष्ट्रपति पुरस्कारबाट तीनजना कृषक पुरस्कृत

President Houseनवलपरासी, २५ कात्तिक । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो ।

सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा बुधबार परासीमा आयोजित कार्यक्रममा ती किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले सम्मान गर्नुभएको हो ।

राष्ट्रपति पुरस्कार पाउन सफल रामग्राम–१ का किसान सनन्दन चौधरीले समूहमा रहेर विगत १५ वर्षदेखि धान, गहुँको बीउ उत्पादन गर्दै अन्य खेती पनि गर्दै आउनुभएको छ । यो सम्मानले थप हौसला मिलेको उहाँले बताउनुभयो ।

यस्तै, कुश्माका किसान राजेन्द्र पटेलले धान, गहुँ, तोरी, मुसुरो, तरकारी, केरालगायत खेती गर्दै आउनुभएको छ । समय अनुसारको प्रविधि र खेतीमा जोड दिन तथा लागत कम हुने गरी खेती प्रणाली अपनाउन सकिए सफल भइने पटेलले बताउनुभयो । सम्मानित रुचाङका कृषक खगराज गौतमले दुई वर्षदेखि पशुपालनदेखि कागती, फलफूल, अदुवालगायत खेती गर्दै आउनुभएको छ । विकट क्षेत्रका किसानलाई पनि सम्मान गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter