प्राविधिक विश्वविद्यालय स्थापनामा एडिबीले सघाउने

adbकाठमाडौँ, २५ कात्तिक । शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको छ ।

राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानका नाममा स्थापना हुने सो विश्वविद्यालयको पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि आउँदो मङ्सिर १ देखि ३ गतेसम्म तीनदिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले प्रतिष्ठानको प्राथमिकता, अध्यापन, अनुसन्धानका विषय, उत्कृष्ट प्राध्यापक तथा विद्यार्थी कसरी आकर्षित गर्ने भन्नेबारेमा विदेशी विज्ञसहितको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो । उहाँले प्राविधिक उच्च शिक्षातर्फ सो प्रतिष्ठानको स्थापना समृद्ध तथा समाजवादउन्मुख नेपालका लागि कोसेढुङ्गा साबित भई स्वदेशमै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठान खोल्न मकवानपुरको चित्लाङमा करिब २०० रोपनी जग्गा लिने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । एडिबीका देशीय निर्देशक केनिची याकोयामाले प्रतिष्ठान स्थापनाका लागि आफूहरुले प्रारम्भमा सहयोग गर्ने र सरकार तथा अन्य दातृ निकायले यसमा थप लगानी गर्ने अपेक्षा व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter