पुनःनिर्माणको प्राविधिक निरीक्षण कार्यविधि तयार

Nepal Reconstruction Authorityकाठमाडौँ, २६ कात्तिक । भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितले पहिलो किस्ताको रु ५० हजार लिई पुनःनिर्माण सुरु गरेपछि त्यसको निरीक्षण हुने भएको छ ।

यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ ।

भूकम्पबाट क्षति भएका निजी घर पुनःनिर्माण, प्रवलीकरण वा मर्मत गर्नुपर्ने संरचना, भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिस गरिएको प्राविधिक ढाँचा र निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो ।

“पुनःनिर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रक्रिया तोक्न आवश्यक भएकाले पनि कार्यविधि तयार पारिएको हो, कार्यविधिमा निजी आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत बन्ने घरको निरीक्षण प्रक्रियासमेत उल्लेख गरिएको छ” – उहाँले भन्नुभयो ।

कार्यविधिमा नक्सा पास प्रक्रिया, निर्माण कार्यको निरीक्षणजस्ता पुनःनिर्माणसँग सम्बन्धित विषय उल्लेख गरिएको छ ।

घर पुनःनिर्माण कार्य सम्पन्न, प्रवलीकरण÷मर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन, अनुदान सम्झौताअगावै पुनःनिर्माण भएका घरको निरीक्षण प्रक्रियाजस्ता विषय पनि कार्यविधिमा उल्लेख गरिएको प्रवक्ता थपलियाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter