लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

Nepal-national-football-team-750x450काठमाडौँ, २७ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरेको छ । लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

मलेसियाको नेगेरी रङ्गशालामा शनिबार साँझ भएको खेलमा गोरकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन रह्यो । उनले लाओसका खेलाडीले प्रहार गरेको बललाई उत्कृट बचाउ गरे ।

सो अघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप १–१ गोल भएपछि खेल दुई–२ को बराबरी भइ पेनाल्टीमा पुगेको थियो ।

खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो । लाओसका खेलाडीले १८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । तर नेपालका विमल घर्ती मगरले ४७ औं मिनेटमा बराबरी गोल फर्काए ।

यस्तै दोस्रो अतिरिक्त समयको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गरे । तर खेल सकिनै लाग्दा लाओस्का खेलाडीले बराबरी गोल फर्काए । नेपालको तुलनामा आक्रामक खेल खेलेको लाओसले केहि गोल गर्ने सुन्दर मौका पाएको भएपनि त्यसलाई उपयोग गर्न सकेन । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter