बन्दका कारण जनजीवन प्रभावित; ७६ बन्दकर्ता पक्राउ; सिन्धुलीमा जिपमा आगजनी

Bandhकाठमाडौँ, २८ कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानी लगाएत देशभरको जनजीवन प्रभावित भएको छ ।

खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।

बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।

७६ बन्दकर्ता पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिनुभयो ।

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनु भयो । सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

सिन्धुलीमा जिपमा आगजनी

सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् ।

काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताउनुभयो । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उहाँको भनाइ छ ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ ।

यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter