शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय पुनःस्थापना हुने

U N Logoकाठमाडौँ, २८ कात्तिक । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले त्यसका लागि एक लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट छुट्याउने निर्णय गरेको छ । यसअघि सो कार्यालय २०७२ सालको गोरखा भूकम्पपछि नेपालबाट हटाइएको थियो ।

बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केही दरबन्दी थप गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले सौर्य ऊर्जाको विकास र ऊर्जा सङ्कट निवारण गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु दुई अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्न अर्थ मन्त्रालयको एक वार्ता टोली गठन गरेको छ । सो वार्ता काठमाडौँमा हुने पनि मन्त्री कार्कीले जानकारी दिनुुभयो ।

बैठकले जनता आवास कार्यान्वयन कार्यविधि र राष्ट्रिय सहरी विकास रणनीतिको प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter