दाउरा बेचेर विद्यालयकोे पढाइ

firewoodभीमदत्तनगर, २९ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा रहेको उदय उच्च माविमा कक्षा–८ मा अध्ययनरत १४ वर्षीय रामकृष्ण चौधरी हरेक दिन विद्यालय समय सकिएपछि दाउरा सङ्कलन गरेर झलारी बजारमा बिक्रीका लागि आउने गर्छन् ।

स्थानीय मुक्त कमैया शिविरमा आश्रय लिँदै आएका चौधरी नजिकैका सामुदायिक वन, सडक छेउछाउ र नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गरेर साइकलको सहारामा झलारी, कलुवापुर बजारमा बिक्री गर्न थालेको दुई वर्षभन्दा बढी समय बितिसक्यो ।

“स्कुलबाट आएर दाउरा बिक्री गर्न गएन भने स्कुलको पढाइ खर्च चलाउनै सकिँदैन ।” चौधरीले भन्नुभयो– “घरको अवस्था नाजुक भएकाले नै मैले दाउरा बेच्नु परेको हो ।” रामकृष्ण चौधरी जस्तै बंक र वनहरा क्षेत्रमा मुक्त कमैया, बाढीपीडित बस्तीका बालबालिकाको दैनिकी अध्ययनसँगै दाउरा सङ्कलन र बिक्री गर्नु बनेको छ ।

त्यसैगरी झलारीपिपलाडी–७ सिमलफाँटा आरक्ष विस्थापित बस्तीका दर्जनौँ बालबालिकाको दैनिकी पनि दाउरा बेचेर आयआर्जन गर्नु नै हो । आरक्ष र सामुदायिक वन क्षेत्रमा कडाइ गरिएपछि ती दाउरा बेचेर पढाइ खर्च जोहो गर्ने बालबालिका भने समस्यामा छन् । यसरी यहाँको कृष्णपुर र झलारीपिपलाडी नगरपालिकाका विपन्न समुदायका बालबालिका दाउरा बेचेर पढाइ खर्चको जोहो गर्न थालेको वर्षौं भइसक्यो ।

बंकस्थित शिविरका अर्का किशोर नन्दकिशोर रानाले पनि फुर्सदको समयमा दाउरा सङ्कलन गरेर बिक्री गरिरहेको बताउनुभयो । उहाँले झलारी बजारमा एउटा दाउराको भारीको व्यापारीले रु १५० देखि २०० सम्म दिने गरेको बताउनुभयो । “दाउरा बेचेर स्कुल पढ्नु हाम्रो बाध्यता हो ।” उहाँले भन्नुभयो– “बुबाआमाको मजदुरीको पैसाले घर खर्च चलाउनै मुश्किल हुन्छ ।” रानाले आफूहरुको दाउराले यहाँका होटल व्यवसायीका साथै बजार क्षेत्रमा नागरिकलाई टेवा पुगेको बताउनुभयो । बालबालिकाले दाउरा बिक्री गरेको रकमले कापी कलमका साथै विद्यालयको शुल्क बुझाउनका साथै घर खर्च समेत चलाउने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter