मुलुकभर विद्युत्भार कटौतीमुक्त गर्ने  उज्यालो नेपाल अभियान

Electricityकाठमाडौँ, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले मुलुकभर नै विद्युत्भार कटौतीमुक्त गर्ने प्रयास भइरहेको जनाएको छ ।

काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त बनाउने प्रयास जारी रहेको बेला आवश्यक विद्युत्को जोहो गरेर मुलकुभर नै त्यसको प्रयास भइरहेको प्राधिकरणले जनाएको हो । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को उचित व्यवस्थापन गरिएकाले पछिल्लो समयमा काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखाललाई उज्यालो राख्न सफल भएको जिकिर गर्नुभयो ।

वर्तमान सरकारका प्रधानमन्त्री र ऊर्जामन्त्रीको नेतृत्वमा ‘उज्यालो नेपाल’ बनाउने प्रयास भइरहेको बताउँदै उहाँले आफू एक्लैले सबै काम गरेको भने जसरी भएको प्रचारमा सत्यता नभएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । वर्तमान सरकारको चाहना र ऊर्जामन्त्री जनार्दन शर्माले केही समय पहिले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई विशेष केन्द्रित गरेर काम भइरहेको जानकारी दिँदै उहाँले विद्युत्भार कटौती कम हुनाको पछाडि व्यवस्थापकीय विषय नै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार हाल काठमाडौँ उपत्यका बाहिर साँझ एकदेखि डेढ घन्टासम्म मात्रै विद्युत्भार कटौती गरिएको छ । उद्योग व्यवसायलाई भने साँझ ५ बजे देखि ८ बजेसम्म विद्युत् काटिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter