मुटुरोगी छोरा बचाइ दिन वसन्तीदेवीको हारगुहार

plea-for-supportविनोदसिंह बिष्ट / बैतडी, ३० कात्तिक । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन ।

खर्च अभावमा देहीमाडाँै–८ मा बस्दै आएकी वसन्तीदेवी ऐरका पाँच वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । श्रीमान् र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आउनुभएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उहाँ माइतीको आश्रयमा बस्दै आउनुभएको छ । माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको र एक्ली ६२ वर्षीय वृद्घ आमा मात्रै हुनुहुन्छ ।

श्रीमान् र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुग्नुभएको हो । छोराको जीवन जोगाइदिन उहाँले हारगुहार गर्नुभएको छ । सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने वास्ता गर्न छोडेपछि विगत तीन वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताउनुभयो ।

माइतीको अवस्था पनि दयनीय छ, घरमा आमा मात्रै एक्लै हुनुहुन्छ, उहाँले भन्नुभयो “हामी दुई बहिनी मात्रै हौँ, दुवैको बिहेपछि माइतीमा आमा एक्लै मात्रै हुनुहुन्छ ।”

घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उहाँले दुखेसो पोख्दै भन्नुभयो “माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन” । जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठ र भदौमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल अस्पताल हृदय केन्द्र काठमाडाँैमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा चेक गराउँदा मुटुमा प्वाल परेको छ छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि वसन्ती समस्यामा पर्नुभएको छ ।

उपचार गर्न उहाँसँग पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी वसन्तीले छोरा बचाइ दिन सहयोगको याचना गर्नुभएको छ । उहाँले छोराको उपचारको लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी र स्थानीय निकाय र सहयोगदातालाई अनुरोध गर्नुभएको छ । उहाँको अवस्था देखेपछि केही स्थानीयले थोरै रकम सहयोग गरेका छन् । उहासँग छोराको उपचारको लागि अस्पताल जाने पैसा पनि छैन । यहाँबाट काठमाडाँै पुग्न नै समस्या छ ।

उपचार गर्न जाँदा छोरासँग जाने कोही छैनन्, उहाँले भन्नुभयो “पैसाको अभाव एकातिर छ, अर्कोतिर अस्पताल पु¥याइदिने आफ्नोे कोही छैन” उहाँले दुखेसो पोख्दै भन्नुभयो “छोराको मुटु सामान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गर्छ, मुटु सुन्निने रोगको औषधि खुवाइरहेकी छु, समयमै उपचार गर्न नसके भोलि के हुन्छ चिन्ता लाग्न थालेको छ ।”

सञ्जीव दुई वर्षको छँदादेखि नै अलिअलि ज्वरो आउने गरेको थियो । ज्वरो हो, सामान्य हो भनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा सामान्य उपचार गराएर छोरालाई निको नभएपछि त्यही बेलादेखि चिन्ता लागेको वसन्तीले सुनाउनुभयो ।

निमोनिया हो ठीक भइहाल्छ भनी सोचेकी थिएँ, उहाँले भन्नुभयो “हाल आएर मुटुमा समस्या भएको देखाएको छ ।” मुटुको समस्याले छोराको मानसिक विकास पनि राम्ररी भएको छैन सानैमा यस्तो जटिल रोगले समातेपछि छोराको स्वास्थ्य बिग्रँदै गएको बताउनुभयो । रोग पनि गरिबलाई मात्रै लाग्ने रहेछ वसन्तीले भन्नुभयो, “छोराको उपचारको लागि भौतारिँदै छु, पैसा जुटाउन सके छोराको रोग निको हुन्थ्यो कि, आशा पलाएको छ ।”

पति सम्पर्कविहीन छन् परिवारले सहयोग जुटाउन सहायता गरेका छैनन् वसन्तीले भन्नुभयो, “एकपटक मात्रै छोरालाई उपचारको लागि काठमाडौँ लगेका उहाँका परिवार आजभोलि वास्ता गर्न छोडेका छन् ।”

३५ वर्षीया वसन्तीले दुखेसो पोख्दै भन्नुभयो, सम्पत्तिको नाममा त्यही एउटा छोरा छ, “कतैबाट सहयोग पाए, त्यही सम्पत्ति जोगाउन सकिन्थ्यो ।” सञ्जीवलाई आजभोलि पनि नियमितरुपमा औषधि खुवाइराखेको भएपनि औषधि सकिन लागेको छ, उहाँले बताउनुभयो “डाक्टरले औषधि नसकिदँै बीचमा चेक गराउनु भनेको हो, आर्थिक अभावमा लग्न सकिएको छैन ।”

सञ्जीवलाई आजभोलि पुनः ज्वरो आउन थालेको, बायाँतिरको मुटु बढी हानीराख्ने उहाँले बताउनुभयो । १० वर्ष पहिले बिहे गरेकी वसन्तीले आँखाबाट आँसु झार्दै भन्नुभयो “मेरो जति चिन्ता श्रीमान् र घरपरिवारलाई भइदिएको भए आज यस्तो दिन आउने थिएन ।”

पाँच वर्षीय छोराको उपचार रकम जुट्न सके नयाँ जीवन पाउन आशा वसन्तीले गर्नुभएको छ । सहयोगका लागि बैतडी सदरमुकाममा रहेको ग्लोबल आइएमइ बैंकको खाता नं ३१०७० १०००५२३३ मा रकम जम्मा गरिदिन उहाँले अनुरोध गर्नु भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter