लगातार उपाधि : सोलिडारिटी कप नेपालको कब्जामा; विजेता खेलाडीलाई जनही रु तीन लाख

Nepal-national-football-team-750x450काठमाडौँ, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

नेपालका लागि सुजल श्रेष्ठले ३०औँ मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुन्दर मौका गुमाएका थिए । नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो तर थप गोल भने गर्न सकेन । त्यस्तै मकाउले पनि बराबरी गर्ने केही मौका गुमाएको थियो ।

योसँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन । त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो ।

त्यस्तै साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ । तर आज जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो । यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो ।

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु तीन लाख

यसैबिच, सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

योसँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि उचालेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter