संरक्षणको अभावमा महत्व गुमाउँदै ‘रामगुफा’; तुलादानको रकम विद्यालयलाई

gufaरामपुर (पाल्पा), १ मङ्सिर । रामपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको रामगुफाको संरक्षण हुन नसक्दा यसको प्राचीन महत्व हराउँदै गएको छ ।

त्रेतायुगमा भगवान् रामले तपस्या गरेको रामगुफा संरक्षणको अभावमा यसको ऐतिहासिक एवम् धार्मिक महत्व ओझेलमा परेको छ । कालीगण्डकी नदीको तटमा रहेको पवित्र रामघाटमा भगवान् रामले दिनहुँ नुहाएको र यस रामगुफामा तपस्या गरी बसेको किम्बदन्ती छ । भगवान्का आकृति रहेको यो गुफा झन्डै ५० मिटरको लम्बाइमा फैलिएको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

गुफाभित्र शङ्खाकार, विभिन्न भगवान्का आकृति भेटिनुका साथै गुफाभित्र पानीका मुहान पनि रहेका छन् । यस गुफालाई वर्षौंदेखि चमेराले वासस्थान बनाउँदै आएका छन् ।

ऐतिहासिक पर्यटकीय रामगुफाको विकासमा सम्बन्धित निकायको ध्यान जानसके यस क्षेत्रको विकास अगाडि बढ्ने थियो । रामघाट परिसरमा रामगुफासँगै अन्य छवटा गुफा रहेका छन् । यस रामगुफालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि यहाँका स्थानीयले रामपुर नगरपालिकामा पहल गरिरहेको ओमप्रकाश रेग्मीले बताउनुभयो ।

यस गुफाको संरक्षण र स्तरोन्नति गर्नसके यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ ।

तुलादानको रकम विद्यालयलाई

यसैबीच, सेखाम गाविस–६ बस्ने ईश्वरीप्रसाद पौडेलले तुलादान गरेको रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।

राममन्दिर उच्च माध्यमिक विद्यालय मल्याङ्गकोटका लागि तुलादानबापतको रु २० हजार १०१ उहाँले हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार खाँडलाई सो रकम हस्तान्तरण गर्दै उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्न आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter