यातायात सञ्चालन हँुदा स्थानीय हर्षित

packed micro bus old bus parkगुल्मी, ३ मङ्सिर । गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको खर्बाङसम्मका लागि नियमितरुपमा दैनिक जिप सञ्चालन भएको छ ।

सदरमुकाम तम्घासबाट बडागाउँ हँुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङको खर्बाङसम्मको करिब ३९ किलोमिटर रहेको मोटरबाटोमा पहिलोपटक दैनिक एउटा जिप सञ्चालन भएको छ ।

गुल्मी यातायात व्यवसायी सङ्घले उक्त स्थानको मोटरबाटोकोे अनुगमन तथा निरीक्षण गरेपश्चात् गुल्मी यातायात व्यवसायी सङ्घले दैनिकरुपमा एउटा जिप सञ्चालन गरेको कार्यालयका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिनुभयो ।

साथै, ग्रामीण इलाकाको कच्ची बाटोमा नियमित जिप सञ्चालन भएपछि गुल्मी तथा बाग्लुङका झन्डै एक दर्जनभन्दा बढी गाविसवासीलाई दैनिक सदरमुकाममा रहेका सरकारी कामकाज गर्न तथा आ–आफ्ना गन्तव्यसम्म यात्रा गर्न यो मोटरबाटोले सहयोग पु¥याएको छ ।

यातायात सञ्चालन भएपछि दुर्गम गाउँघरमा उत्पादित कृषि उपज तथा वस्तुले उचित बजार पाउने तथा बिक्रीवितरणमा समेत सहजता थपेपछि र आफ्नै घरआँगनबाटै गाडी यात्रा गर्न पाउँदा स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter