प्राधिकरणको गठनको माग

government logoकाठमाडौँ, ३ मङ्सिर । पारमाणविक तथा रेडियोधर्मी पदार्थ नियमनका लागि प्राधिकरणको गठनको माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा क्यान्सरको उपचार, एक्सरे, खाद्य सुरक्षा तथा ऊर्जा उत्पादनका क्षेत्रमा यस्ता धातु प्रयोग हुने गरेको छ ।त्यस्तै विस्फोटक पदार्थकोे उत्पादनमा पनि यसको प्रयोग हुनेगरेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा यस्ता धातुको कच्चा पदार्थ उत्खनन् तथा उत्पादनका लागि पनि प्राधिकरणको खाँचो औँल्याइएको हो ।

मन्त्रालयका सचिव सर्वजितप्रसाद महतोले ऐनको अभावमा त्यस्ता धातुको प्रयोग तथा व्यवस्थापनमा समस्या रहेकाले तीन महिनाभित्र ऐन ल्याउनका लागि संसद्मा विधेयक दर्ता गराइने जानकारी दिनुभयो ।

सोही मन्त्रालयका सहसचिव रामआधार साहले अज्ञानताका कारण सर्वसाधारणलाई यस्ता पदार्थको विकीरणले असर पारिरहेकाले यसका खराब पक्षका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

कानुनविद् विश्वबन्धु पौडेलले पारमाणविक ऐनको मस्यौदामा उल्लेखित प्रावधानका बारेमा जानकारी दिँदै यस्ता पदार्थको विकीरणले वातावरणमा पर्नसक्ने असर पर्ने हुँदा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो ।

कीर्तिपुरस्थित बिपी मेमोरियल प्लानेटेरियमका सहकार्यकारी निर्देशक सनतकुमार शर्माले यस्ता पदार्थलाई शान्तिपूर्ण कार्यमा समेत प्रयोग गर्न सकिए पनि त्यसको प्रयोगपछि सही तरिकाले विसर्जन गर्न नसकिए मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter