मूल्य वृद्धि घट्दो

Nepal Rastra Bankकाठमाडौँ, ३ मङ्सिर । मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकले उल्लेख गरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.७ प्रतिशत थियो । सो समूह अन्तर्गत दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अन्डा, मासु तथा माछा लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैरखाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७.१ प्रतिशत थियो । सो समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशतले, शिक्षा ९.६ प्रतिशतले र घरभाडा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौँ उपत्यकामा ५.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर क्रमशः ८.५ प्रतिशत, ६.९ प्रतिशत, ७.५ प्रतिशत र ९.१ प्रतिशत थियो ।

सो अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब ९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा पछिल्ला महिनामा निरन्तर कमी आएकाले विप्रेषण आप्रवाह ओरालो लागेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter