दिउँसो सडक बत्ती निभाइदिन प्राधिकरणको आग्रह

NEAकाठमाडौँ, ३ मङ्सिर । काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी दिउँसो सडक बत्ती त्यत्तिकै बालेर राख्नु जायज नभएकाले निभाएर सहयोग गर्न आग्रह गरेको हो ।

साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गरेको प्राधिकरणले सबैको साथ र सहयोगमा मात्रै विद्युत्भार कटौतीलाई अन्त्य गर्न सकिने जनाएको छ । साँझको समयमा पानी तान्ने पम्प, हिटर, वासिङ मेसिन र गिजर नचलाउन यसअघि नै सार्वजनिक सूचनामार्फत आम नागरिकमा आग्रह गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter