स्वदेशी तथा विदेशी आरोहीको नागरिक अभिनन्दन

Kathmandu Metropolitionकाठमाडौँ, ४ मङ्सिर । काठमाडौँ महानगरपालिकाले मकालु र कञ्चनजङ्गा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई आज नागरिक अभिनन्दन गरेको छ ।

मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नारायणहिटी सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा २० भन्दा बढी आरोहीलाई सम्मान गरिएको हो । सन् १९५५ मे १५ मा मकालु र मे २५ मा कञ्चनजङ्गा हिमालको पहिलो आरोहण सफल भएको थियो । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार ४६३ मि) र तेस्रो अग्लो कञ्चनजङ्घा (आठ हजार ५८६ मि) हिमाल हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेशराज आचार्यले नेपाललाई विश्वसामु पहिचान गराउने हिमाल आरोहणको हीरक महोेत्सवले विश्व पर्यटन बजारमा नेपालको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले नेपाल पर्वतारोहणका लागि सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्न महोत्सव उपयोगी हुने बताउनुभयो ।

कामपाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापा र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महोत्सवको भूमिका हुने बताउनुभयो ।

युनियन अफ इन्टरनेसनल एसोसिएसनका अध्यक्ष फ्रिस्ट भ्रिजल्याड, युनियन अफ अल्पाइन क्लबका अध्यक्ष डा इन जोडलीले जलवायु परिवर्तनका कारणले नेपालका हिमाल कालो पत्थरमा रुपान्तरित भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“नेपाल हाम्रो दोस्रो घर जस्तै लाग्छ, यहाँका सुन्दर हिमालयले हामीजस्ता धेरैलाई आकर्षित गरिरहन्छन्, त्यसैले हामीलाई यहाँ आइरहन मन लाग्छ”–आरोहीहरुले भन्नुभयो ।

त्यसअघि टुँडिखेलबाट ठमेल, लैनचौर हुँदै नारायणहिटी सङ्ग्रहालयसम्म प्रभातफेरि आयोजना गरिएको थियो । प्रभातपफेरिमा स्वदेशी तथा विदेशी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter