मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो

fullscreen-capture-11192016-33024-pmकाठमाडौँ, ४ मङ्सिर । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न सफल भए ।

मैत्रीपूर्ण खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र जापानको गैरसरकारी संस्था ‘कलरबाथ’को संयुक्त आयोजनामा भएको सो खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीेले ‘जे लिग’मा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेका थिए ।

जापानी टोलीका प्रशिक्षक टोडा काजुयुकीले सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । खेलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोलीको खेलमा धेरै विकास भएकोभन्दै प्रशंसा गर्नुभयो ।

जापानी प्रशिक्षक काजुयुकीले आफ्नो टोलीले सुन्दर फुटबल खेल देखाउन सकेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीले रक्षापंक्तिमा भएका गल्ती सुधार गरेमा टोली अझ सशक्त हुने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले दुवै टोलीका खेलाडीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नेपाली टोलीका कप्तान विराज महर्जन, जापानी कप्तान योहसुके नोजावा र ‘म्यान अफ द म्याच’ विक्रम लामालाई जनही एक–एकवटा घडी प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter