बीउ पुँजी उपलब्ध गराउँदा पनि औषधि पसल सञ्चालन हुन सकेन्

medicinesकाठमाडौँ, ४ मङ्सिर । औषधिको गुणस्तरीयता कायम राख्न तथा बिरामीलाई ठगिनबाट जोगाउन सरकारले हरेक सरकारी स्वास्थ्य संस्थालाई आफ्नै औषधि पसल खोल्न निर्देशन दिँदै बीउ पुँजी समेत पठाइसकेको छ । तर औषधि पसल सञ्चालन भने अझै हुन सकेको छैन ।

अस्पतालभित्र वा स्वास्थ्य संस्था वरपरी खोलेका निजी औषधि पसलबाट बिरामी त ठगिएका छन् नै, त्यसमा पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि पनि किन्न बाध्य हुन्छन् । आफै औषधि पसल खोल्दा घाटा हुने र व्यवस्थित समेत गर्न नसकिने हुँदा सरकारी अस्पतालले आफैं औषधि पसल खोल्न आलटाल गर्दै आइरहेका छन् । तर, आफ्नै औषधि पसल राख्दा बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि वितरण गरेर पनि राम्रो मुनाफा गर्न सकिन्छ भन्ने उदाहरण बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले दिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले केन्द्र सुरु भएदेखि नै सञ्चालनमा आएको औषधि पसलबाट वार्षिक रु आठ करोड भन्दा बढी रकम खुद नाफा गर्ने गरेको जानकारी दिनुभयो । केन्द्रले यसबाट नाफामात्र गर्दैन, आफ्नो कूल खर्चको ६० प्रतिशत खर्च पनि त्यसैबाट गर्ने गर्दछ ।

गत आवमा औषधि पसलबाट रु ३८ करोड ८० लाख आम्दानी भएको र त्यसमध्ये रु आठ करोड भन्दा बढी खुद नाफा भएको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई औषधि पसलबाट सुरुदेखि नै घाटा भएको छैन, अस्पतालले आफैं सञ्चालन गरेको औषधि पसल, प्रयोगशाला र एक्सरेबाट आम्दानी गर्ने गरेका छन् ।”

कार्यकारी निर्देशक डा शर्माले केन्द्रले बेच्ने औषधिमा बढीमा १६ प्रतिशत मात्र नाफा राख्ने गरेको र जसकारण बिरामीले सुलभ दरमा औषधि पाउने गरेको बताउँदै आफ्नै औषधि पसल सञ्चालन गर्दा नाफा हुँदैन, घाटामा गइन्छ भन्नु गलत भएको धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter