ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

elderly people Nepalम्याग्दी, ५ मङ्सिर । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ ।

महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो ।

कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । साठी वर्ष पूरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ ।

ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सुरुमा ५० प्रतिशत छुट भनेर लेखिएको परिचयपत्र वितरण भए पनि पछिल्लो समय छुटमात्र लेखेको परिचयपत्र वितरण भएकामा गुनासो गर्नुभयो । परिचयपत्रमा कति छुट पाउने भन्ने विषयमा स्पष्ट उल्लेख नहुँदा ज्येष्ठ नागरिकलाई सुविधा उपभोग गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महिला विकास अधिकृत निर्मला शर्माले मन्त्रालयले छुटमात्र लेखेको छाप लगाएर परिचयपत्र वितरण गर्न मौखिक निर्देशन दिएकाले सोहीअनुसार गरिएको प्रतिक्रिया दिनुभयो ।

घारलाई साक्षर गाविस घोषणा

म्याग्दीको घारलाई शनिबार साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले घारमा आयोजना गरेको एक कार्यक्रममा सो घोषणा गरिएको हो ।

शिक्षा मन्त्रालयले लक्ष्यित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ गर्न सक्ने भएमा साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।

गाविसमा रहेका ६० वर्षभन्दा कम उमेरका दुई हजार ८०० जनाको ९६.२६ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको गाविस सचिव बाबुराम शर्माले जानकारी दिनुभयो ।

यसअघि म्याग्दीको बरञ्जा, मराङ, पात्लेखेत र कुहुलाई साक्षर गाविस घोषणा गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter