लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित

Nepal Reconstruction Authorityकाठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित गरेको छ ।

समितिको आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयले अगाडि बढाउनुपर्ने कामलाई निश्चित लक्ष्य र उद्देश्यका साथ कहिले काम सुरु गर्ने र कहिले सक्ने भन्नेबारे निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“निजी आवास दुई वर्षभित्रमा सक्ने गरी कार्ययोजना ल्याइएको छ, निजी आवास, शैक्षिक क्षेत्र, स्वास्थ्य संस्था र परम्परागत सांस्कृतिक सम्पदा निर्माणको कामको पनि समय तोकी कार्ययोजना अघि सारिएको छ, यसका लागि अर्थ मन्त्रालयबाट बजेट पनि विनियोजन भएको छ”–उहाँले भन्नुभयो ।

भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणका लागि कार्यविधि मन्त्रिपरिषद्मा पेस गरिएको पनि प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter