विश्व बैंकको सहयोगमा सडक विस्तार

world bankरामपुर (पाल्पा), ६ मङ्सिर । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ ।

कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजनाअन्तर्गत रु १० करोड ७६ लाखको लागत स्टमेटमा सो मोटरबाटो विस्तार तथा मर्मत कार्य थालनी गरिएको ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो ।

सन्तोषी निर्माण सेवाले १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरी कामलाई अगाडि बढाइरहेको छ । यसै आर्थिक वर्षबाट सुरु भएको मोटरबाटोको ५० प्रतिशत कटिङको काम सकिएको छ भने नाली कटान र ग्राभेल गर्ने काम भइरहेको छ ।

यहाँ मोटरबाटो विस्तार कार्य सकिएपछि पाल्पाको रामपुरबाट तनहुँको भिमाद, खैरेनी, पोखरा, काठमाडौँ, नारायणगढलगायतका विभिन्न स्थानमा सवारीसाधनको सङ्ख्या बढाउने तयारी गरिरहेको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले बताउनुभयो ।

यस मोटरबाटोबाट पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासीका जनताले लामो तथा छोटो दूरीका लागि सहज सेवा लिँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter