‘विद्युत्भार कटौती अन्त्यपछि रु १६ अर्बको डिजेल बचत’

Electricityकाठमाडौँ, ६ मङ्सिर । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि राजधानीमा मात्र रु १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङ्क सुनाउनुभयो ।

उहाँले उद्योगमा विद्युत्भार कटौती घटेकाले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासङ्घले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलबाट विद्युत् उत्पादन गर्न सकिने जानकारी पनि दिनुभयो ।

अर्का सहभागी ज्ञानेन्द्रलाल प्रधानले समाजमा विद्युत्भार कटौती मानसिक रुपमा समेत हटेको छ भन्दै तत्कालका लागि ऊर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तर्क गर्नुभयो ।

होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रतिनिधिले विद्युत्भार कटौती अन्त्यसँगै डिजेल खर्चमा कमी आई होटललाई ठूलो राहत पुगेको बताउँदै आवश्यक परेका बेलामा होटेलसँग भएको डिजेल जेनेरेटर मार्फत सरकारलाई विद्युत् उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाउजिङ एसोसिएसनका प्रतिनिधिले नेपाल सरकारलाई आवश्यक परेमा २५÷३० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिने भएकाले अपार्टमेन्टका छत उपलब्ध गराउन आफूहरु तयार रहेको बताउनुभयो ।

नेपाल प्रहरीका प्रतिनिधिले विद्युत् चोरीलाई पनि अन्य चोरी सरह सजायको कानुन बनाएमा प्रहरीले विद्युत् चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने वचन दिनुभयो । सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिले नयाँ ब्यारेक बनाउँदा अनिवार्य रुपमा सौर्य विद्युत् राख्नाका साथै ऊर्जा बचतमा ध्यान पु¥याएको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

छलफल कार्यक्रमको निष्कर्ष पेस गर्दै ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौती अन्त्य भएपछि मुलकमा पैसाको बचत हुनाको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताउनुभयो । जनताका निराशाको अभियानलाई आशामा बदल्ने कार्यमा मन्त्रालय अहोरात्र लागिपरेको उहाँका भनाइ थियो । “विद्युत्भार कटौती अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्”, उहाँले भन्नुभयो, “तपाईंहरुको सहयोग र सद्भावबाट उत्साहित भएर नै हामीले विद्युत्भार कटौती अन्त्यको योजना अघि बढाइरहेका छौँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter