‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ मङ्सिर तेस्रो हप्ता

File Photo

काठमाडौँ, ६ मङ्सिर । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले १५औँ ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ प्रतियोगिता यही मङ्सिर १३ देखि १५ गतेसम्म पोखरामा गर्ने भएको छ ।
कास्कीको उपल्लो सेती नदीमा प्रतियोगिता सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विगतका वर्ष झैँ यस वर्ष पनि महिला र पुरुष गरी तीन विधाका खेल एक्स्ट्रम स्लालम, बोटर क्रस र डाउन रिभर रेस्ट हुने छ । पल्लो सेतीको पाँच किमी दूरीमा हुने प्रतियोगितामा अनुमानित १५० स्वदेशी तथा विदेशीको सहभागिता हुने नाराका महासचिव शेखरबहादुर थापाले बताउनुभयो ।

पुरुषको प्रतियोगिताका प्रथमलाई ५००, द्वितीयलाई ३०० र तृतीयलाई २०० अमेरिकी डलर तथा महिला प्रतियोगीलाई क्रमशः ३००, २०० र १०० अमेरिकी डलर प्रदान गरिने आयोजकले जनाएको छ । विगतमा त्रिशूली र भोटेकोसी नदीमा गरिँदै आएको प्रतियोगिता यस पटक पोखरा आसपासमा गर्न लागिएको हो । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै घुमफिर वर्षलाई पनि सहयोग पुग्ने नाराको विश्वास छ ।

प्रतियोगितामा विभिन्न सामाजिक संस्थाको सहकार्यमा प्राथमिक उपचार, प्राविधिक तथा अन्य आवश्यक सहयोग रहने बताइएको छ । प्रतियोगिता सन् १९९० देखि गरिँदै आएको र सन् २००२ देखि नाराले मुख्य आयोजकका रुपमा सञ्चालन गर्दै आइरहेको छ । प्रतियोगिताको मुख्य प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter