गन्धर्वलाई मितले बनाइदिए घर

Nepal_houseप्रशन्न पोखरेल / घ्याम्पेशाल (गोरखा), मङ्सिर, ७ मङ्सिर । गाउँघरतिर अनुहार मिल्ने अर्को व्यक्तिसँग मित बोल्ने गरिन्छ । मित लगाएपछि एकले अर्कोको घरमा आउजाउ गर्ने प्रचलन रहन्छ । मितले चाहे भने मितलाई दुःख परेका बेला कतिसम्म सहयोग गर्न सक्छन् भन्ने उदाहरण गोरखाको मसेलस्थित घ्याम्पेशालमा भेटिन्छ ।

भूकम्पले मितको घर क्षति भएको थाहा पाएका अमेरिकाका ब्यान्डेनले आफ्ना मित ठाकुर गन्धर्वको घर बनाइदिएका छन् । मसेल–९ लामाचौरमा करिब रु १० लाख लगानी गरी ब्यान्डेनले एकतले भूकम्पप्रतिरोधी घर बनाइदिएका हुन् । माटोले भरेको बोराको गाह्रो, बाँस, ढुङ्गा, माटो, सिमेन्ट, बालुवा, थोत्रा सिसाका बोतललगायत सामग्रीको प्रयोग गरी एककोठे एकतले घर निर्माण गरिएको गन्धर्वले जानकारी दिनुभयो ।

सिद्धकाली माध्यमिक विद्यालय, तान्द्राङका शिक्षकसमेत रहेका गन्धर्वले केही वर्ष पहिले गाउँ अवलोकनमा आएका ब्यान्डेनसँग मित लगाएका थिए । भूकम्पले घर भत्केपछि अस्थायी टहरोमा बसिरहेका मितलाई अमेरिकी नागरिक बान्डेनसहितको टोलीले श्रमदान गरी नयाँ घर बनाइदिएका हुन् । भूकम्पप्रतिरोधी घर बनेपछि गन्धर्वको परिवार उक्त घरमा जीवन निर्वाह गर्दै आएका छन् ।

स्थानीय सामग्रीको प्रयोग गरी बनाएको घर कम्तीमा २० वर्ष टिक्ने बताइएको छ । मितले घर बनाइदिएपछि गन्धर्व परिवार खुसी छ । ठाकुरका दाइ ध्रुव गन्धर्वले भन्नुभयो, “टहरोमा बसेको परिवार घरमा सरेको छ ।” मितले हालै नयाँ घर निर्माण गरिदिएपछि सोही घरमा बस्न सुरु गरिएको गन्धर्वले जानकारी दिनुभयो ।

गाउँमा पुनःनिर्माणको कामले गति लिन नसकिरहेका बेला विभिन्न सङ्घसंस्था तथा विभिन्न नाता, सम्बन्धले बनेका घरमा भूकम्पपीडित आश्रय लिँदै आएका छन् । घर बनाउन भन्दै सरकारले रु ५० हजारका दरले अनुदान रकम वितरण गरेपनि पुनःनिर्माणले गति लिएको छैन । गाउँमा भूकम्पप्रतिरोधी घर बनाउन सहयोग गर्न इन्जिनियर खटिएको भएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन् ।

गत वर्षको हिउँद टहरोमा काटेको गन्धर्व परिवारले यस वर्षको हिउँदको चिसो झेल्नु नपर्ने भएको छ । जस्तापाताले छाएको टहरोमा बस्ने, खाने ठाउँ भए पनि अन्नपात भण्डारणका लागि भने गन्धर्व परिवारलाई समस्या छ । अनुदान रकम लिएपछि अर्को भूकम्प प्रतिरोधी घर बनाउने सोचमा उनीहरु छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter