सरकारी स्वामित्वका पसलको भाडा रु दुई सयभन्दा कम

patan-durbar-squareसञ्चिता घिमिरे / ललितपुर, ७ मङ्सिर । मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ । ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ ।

पाटन दरबार क्षेत्र र त्यस आसपासमा रहेका विभिन्न सरकारी निकायको स्वामित्वमा रहेका कबलहरुको लामो समयदेखि भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन हुन नसकेकै कारण पुरातत्व विभाग, पाटन दरबार हेरचाह कार्यालय, ललितपुर उपमहानगरपालिकालगायतका सरकारी निकायको स्वामित्वमा रहेका पसल÷कबलहरु व्यापारीले रु २०० भन्दा कम भाडामा सञ्चालन गरिरहेका छन् ।

दरबार क्षेत्रमा मात्रै झन्डै एक सय वटा पसल÷कबल रहेका छन् । तीमध्ये झन्डै ४५ वटा पसल गुठी संस्थान ललितपुर शाखाको स्वामित्वका छन् । अधिकांश कबलको भाडा रु ५० देखि रु २००÷२५० सम्म रहेको कार्यालयका प्रमुख बैकुण्ठ आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “धेरै व्यापारीहरु त पुस्तौँदेखि त्यही भाडादरमा यहाँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।”

थोरै रकम मात्रै भाडाका रुपमा तोकिए पनि त्योसमेत व्यवसायीले वर्षौंदेखि बुझाएका छैनन् । उहाँ भन्नुहुन्छ – “विभिन्न कारण देखाएर त्यही कम भाडासमेत कार्यालयमा बुझाएका छैनन् ।” कार्यालयले मात्रै चाहेर भाडा बढाउन वा उठाउन नसक्ने उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रका कतिपय कबलहरुको विगतमा स्वामित्व विवाद रहेको थियो । कतिपय व्यापारीले स्वामित्व विवादको कारण देखाएर भाडा बुझाउन आनाकानी गर्दै आएका छन् । स्वामित्व विवादपछि ती कार्यालयहरु अदालतसम्म पुगेका थिए । उहाँ भन्नुहुन्छ – “व्यापारी आफैँले मुद्दा गर्दा पनि वर्षौंैसम्म टुङ्गिँदैन ।”

यस क्षेत्रमा पुस्तौँदेखि व्यवसाय सञ्चालन गर्दै आएका कतिपय व्यापारीले गुठी संस्थानसँग मोहियानी हक माग्ने गरेका छन् । लामो समयदेखि आफूले मर्मत सम्भारको काम गरेको भन्दै मोहियानीको माग गर्ने गरेका हुन् । केही वर्ष पहिले केही व्यापारीले मोहियानी हकको माग गर्दै गुठीमा निवेदन दिन गएका थिए । गुठीले निवेदन बुझ्न नमानेपछि उनीहरुले हुलाकमार्फत पठाएका थिए ।

गुठी संस्थानले पहिले मर्मत गरेर बस्न पत्र दिएको थियो । यही पत्रलाई आधार बनाएर उनीहरु पटक पटक अदालतसमेत पुगिरहेका छन् । अदालतले धेरै पटक अन्तरिम आदेश दिँदा पनि यो विषय अझै लम्बिरहेको छ ।

पाटन दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले अहिले कार्यालयको स्वामित्वमा एउटा मात्रै भवन भाडामा रहेको बताउनुभयो । लामपाटीमा माथिल्लो तलामा क्याफे र तल्लो तलामा पाँच÷छ वटा पसल छन् । क्याफेसँग भएको सम्झौता गत साउनमा सकिएको छ । अर्को पटकका लागि टेन्डर आह्वान गरिए पनि अहिले क्याफे सञ्चालक आफैँले सञ्चालन गर्न पाउनुपर्ने माग गरेर अदालत गएका छन् । उहाँले भन्नुभयो – “भूकम्पका समयमा नौ महिना चलाउन नपाएकाले नौ महिना थप्न भन्दै अदालतमा मुद्दा परेको छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter