नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

CANकाठमाडौँ, ८ मङ्सिर । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सफलताका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।

दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको हो । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा यो प्रतियोगिता यही मङ्सिर ११ गतेदेखि सञ्चालन हँुदैछ ।

नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, १३ गतेको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १४ गते बङ्गलादेश, १६ गते थाइल्यान्ड तथा १७ गते भारतससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातले क्षेत्रीको कप्तानीमा रहेको टोलीले उत्कृष्ट खेल प्रदर्शन विश्वास व्यक्त गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter