मिर्गाैला रोगी सुशीलाको उपचारमा सहयोग

myagdi_districtम्याग्दी, ९ मङ्सिर । मिर्गाैला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो ।

त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्रकाश माविकी पूर्वविद्यार्थीसमेत रहेकी राम्जालीलाई बुधबार एक कार्यक्रमबीच पूर्वविद्यार्थी प्रमोद श्रेष्ठ, रश्मी गौचन र महेश श्रेष्ठले एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

दुवै मिर्गाैलामा एक बर्षदेखि खराबी आएपछि लामो समयसम्म भारतमा उपचार गराइरहेकी २९ बर्षीया राम्जालीलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका थिए । अभियानअन्तर्गत प्रकाश माविका पूर्व विद्यार्थीले उपचारका क्रममा रकम सङ्कलन गर्ने अभियानसमेत सञ्चालन गरेका छन् ।

“म्याग्देली चेलीको जीवन रक्षामा जु्ट्ने सबैलाई विशेष धन्यवाद दिन्छौँ । उहाँको स्वास्थ्य लाभको कामना गर्दछौँ”, अध्यक्ष बानियाँले भन्नुभयो । केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरियामा रहँदा मोना कोरियाको अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउने गरेकी राम्जालीको भारतको कोलकातामा उपचार भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter